एनसीसी बैंकको लिलामीको शेयरको कटअफ मूल्य तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2020 | 12:26:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited  ले लिलामीमा ल्याएको ५ लाख कित्ता संस्थापाक शेयरको प्रारम्भिक कटअफ मूल्य तय भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार लिलामीको शेयरको प्रारम्भिक कटअफ मूल्य ११६ रुपैयाँ तय भएको छ । यो अन्तिम कटअफ मूल्य नभएको र आवेदन दिएका मध्येबाट संस्थापक शेयरधनीहरु भेरिफाई गरेपछि अन्तिम कटअफ मुल्य आउने क्यापिटलले जनाएको छ । 

नेपाल इन्स्योरेन्स कम्पनी Nepal Insurance Company  ले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयर लिलाम भएको हो ।  यस लिलाममा लगानीकर्ताले असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म आवेदन दिएका थिए  । 

कम्पनीले शेयरको न्युनतम मूल्य प्रति कित्ता ११० कायम गरेको थियो भने न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था गरेको थियो ।  लिलाममा हालका संस्थापक शेयरधनी, तथा जो कोहि व्यक्ति, संघ, संस्थाले आवेदन दिन सक्ने ब्यबस्था थियो । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved