२ लघुवित्तको शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 12:35:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आजबाट दुई वटा लघुवित्तको संस्थापक शेयर लिलाममा आएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र ग्रामिण विकास लघुवित्तको शेयर मूल्य लिलाम गर्न लागेको हो ।

कोषले आरएमडीसीको २६ सय ३२ कित्ता र ग्रामिण विकास लघुवित्तको ३१ सय ९४ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । कोषले लिलामको लागि आरएमडीसीको  न्युनतम मूल्य प्रति शेयर ३९८.७५ र ग्रामिण विकासको न्युनतम मूल्य  प्रति शेयर १०९.७० कायम गरेको छ। इच्छुक तथा योग्य लगानीकर्ताले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ । आवेदन दिँदा न्युनतम ५ सय कित्ता वा ५ सय भाग जाने कित्ता वा अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ ।

मङ्सिर १ गतेसम्म लिलामको शेयरमा आवेदन दिन सकिने र आवेदन फारम कोषको कार्यालय गहनापोखरी वा कोषको वेबसाइटबाट प्राप्त गर्न सकिने कोषले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved