शेयर बजार परिसूचक नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । बिहिबारको प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ प्रतिशत अर्थात १९.९७ अंकले बढेर १८९४.७९ को विन्दुमा पुगेपछि नेप्से सूचक हालसम्म कै उच्च विन्दुमा पुगेको हो ।
यस अघि सन् २०१६ जुलाई २७ मा नेप्से सूचक १८८१.४५ को बिन्दुमा पुगेको थियो । सो रेकर्ड आज तोडिएको हो ।
आजको प्रि ओपन सेसनमा ६३ कम्पनीको १६ हजार १ सय ८१ कित्ता शेयर कारोबारबाट ८० लाख ४८ हजारको कारोबार भएको छ । प्रि ओपन सेसनमा ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।