६ दिनमा लगानीकर्ताले तिरे ३७ करोड ब्रोकर कमिशन, कसले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 10:43:03 AM मा प्रकाशित

laxmi  sunrise bank

६ दिनको अवधिमा शेयर लगानीकर्ताहरुले ब्रोकर कमिशन वापत ३७ करोड बढी रकम तिरेका छन् । मङ्सिर ४ देखि मङ्सिर ११ गतेसम्मको ६ दिनको कारोबार अवधिमा शेयर लगानीकर्ताले औसतमा ३७ करोड ६५ लाख ९९ हजार १ सय ८३ रुपैयाँ ब्रोकर कमिशन तिरेका हुन् 

धितोपत्र ब्यबसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) नियमावलीमा ब्रोकरले कारोबार गरे वापत लिन सक्ने कमिशन बारे ब्यबस्था छ । जस अनुसार ब्रोकरले ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिशन पाउँछन् । जस अनुसार ब्रोकरले  ५० हजारसम्मको शेयरको कारोबारमा ०.६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत, ५ लाख देखि २० लाखसम्मको कारोबारमा ०.५ प्रतिशत कमिशन पाउछन् ।  यस्तै २० लाख देखि १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र १ करोड भन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिशन पाउछन् 

०.४ देखि ०.६ प्रतिशतसम्म कमिशन लिन पाउने भएकोले कारोबार अनुसार छुट्याउन कठिन हुन्छ । तर अधिकांश कारोबार ०.५५ प्रतिशत कमिशन आउने अन्तर्गत हुने भएकोले हामीले औसतमा ०.५ प्रतिशतलाई आधार मानेर कमिशन निकालिएको हो । ब्रोकरहरुले खरिदमा पनि र बिक्रिमा पनि कमिशन पाउने भएकोले खरिद रकम र बिक्रि रकमलाई जोडेर कुल कारोबार रकमलाई आधार मानिएको छ । कुल कारोबारमा ०.५ प्रतिशतको दरले कुल कमिशन निकालिएको हो । 

स्टक ब्रोकर एसोसिएसनकाका अनुसार पाएको कुल कमिशन मध्येबाट २० प्रतिशत नेप्सेलाई, ०.६ प्रतिशत धितोपत्र बोर्डलाई र ०.५ प्रतिशत सेटलमेन्ट ग्यारेन्टी फण्डमा बुझाउनु पर्छ । त्यस्तै आएको कमिशनमा १५ प्रतिशत टिडिएस पनि काटिन्छ । बाँकि बचेको रकम ब्रोकरको हो । 

यस हिसाबमा उल्लेखित ६ दिनको कारोबार अवधिमा नेप्सेले ब्रोकर कमिशन वापत ७ करोड ५३ लाख १९ हजार पाउने देखिन्छ । त्यस्तै धितोपत्र बोर्डले २२ लाख ५९ हजार पाउने देखिन्छ । त्यस्तै धितोपत्र बोर्ड, नेप्से, टिडिएस, सेटलमेन्ट ग्यारेन्टी फण्ड लगायत सबै काटेपछि ब्रोकरहरुले कमिशन वापत यस ६ दिनको अवधिमा २५ करोड ३८ लाख ४६ हजार ६ सय ७९ रुपैयाँ पाएको देखिन्छ। हाल ५० ब्रोकर कम्पनी संचालनमा छन् । 

हेर्नुस ६ दिनको कारोबार रकम, औसत कमिशन, नेप्सेलाई बुझाउनु पर्ने रकम, बोर्डलाई बुझाउनु पर्ने रकम, SGF बाट अंकित गरिएको सेटलमेन्ट ग्यारेन्टी फण्डमा जाने रकम, टिडिएस अगाडिको कमिशन, टिडिएस रकम र सबै तिरेपछि ब्रोकरसँग बाँकि रहने कमिशन रकम । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved