ब्रोकर कमिशन घटाउने प्रदर्शनमा लगानीकर्ताले किन रोजे हरियो प्ले कार्ड ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 12:47:10 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ता संघहरुले नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएर प्रदर्शन गरेका छन् । सामान्यता प्रदर्शनमा सेतो कागजमा कालोले लेखिएको प्लेकार्ड प्रयोग हुने गरेकोमा यस पटक लगानीकर्ताले हरियो कागजको प्रयोग गरेका छन् 

शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकालले अहिलेको बजार 'बुलिस' भएको संदेश दिनको लागि सिम्बोलिक रुपमा हरियो रङ्गको कागज प्रयोग गरिएको बताए  । 

आज बिहिबार नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहले शुक्रबार संयुक्तरुपमा बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् । बोर्डलाई ज्ञापनपत्र बुझाउदै लगानीकर्ताहरुले ब्रोकर कमिशन तत्काल घटाएर ०.२५ प्रतिशत कायम गर्न माग गरेका छन् ।

ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्दा लगानीकर्ताको लागत कम हुने, शेयरबजारमा नयाँ युवा पुस्ताहरु आउँनको लागि प्रेरणा मिल्ने, छरिएर रहेको पुँजी एकत्रित हुने, पुँजीबजार चलायमान हुने लगानीकर्ता संघहरुको भनाई छ । 

त्यस्तै कमिशन घटाउँदा बोर्ड, नेप्से, ब्रोकर र सिडीएससीको आयमा गुणात्मक वृद्धि हुने, सरकारलाई अझ बढी पुँजीगत लाभकर प्राप्त हुने संघहरुले जनाएका छन् । सरकारलाई बढी पुँजीगत लाभकर तिर्न पाउँदा लगानीकर्ता समेत गौरवान्वित हुने भएकोले बरोकर कमिशन घटाएर लगानीकर्तालाई  गौरवान्वित हुने वातावरण समेत बनाईदिन संघहरुले आग्रह गरेका छन् 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved