ज्योति बिकास बैंकको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 23, 2017 | 03:08:05 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंक लिमिटेडले बैशाख २८ देखि शतप्रतिशत हकप्रद बिक्रि खुला गर्ने भएको छ। बैंकले शतप्रतिशत हकप्रद निष्काश प्रयोजनका लागि बैशाख १४ का लागि बुक गर्ने निर्णय गरेकाले बैशाख १३ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन। 

ज्योतिले प्रति कित्ता प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। 

बैशाख १३ सम्म कायम सेयरधनीहरुले बैशाख २८ देखि जेष्ठ ३१ सम्म हकप्रद भर्न पाउने छन। इच्छुक लगानीकर्ताले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल, नक्साल र ज्योतिको सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि भरेर बुझाउन सक्ने छन। 

शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात ज्योति बिकास बैंकको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। २०७४ असार मसान्त भित्र राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना अन्तर्गत बैंकले हालै मात्र राप्तिभेरीलाई प्राप्ति गर्ने सहमति गरेको छ। बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासमा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved