देब: बिकास बैंकको ६ लाख १७ हजार ६ सय कित्ता हकप्रद लिलाममा, जेठ ४ सम्म आबेदन खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 09:19:21 AM मा प्रकाशित

laxmi  sunrise bank

देब: बिकास बैंकले अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। बैंकले ६ लाख १७ हजार ६ सय १५ दशमलब ३९ कित्ता  हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले बैशाख २८ देखि जेठ ४ सम्म आबेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ। बैंकले गत माघ ९ देखि फागुन २७ सम्म २ बराबर १ अर्थात ५० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण तथा संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो।

लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा साधारण तर्फ २ लाख ३४ हजार ३ सय १८ दशमलब ०१ कित्ता र संस्थापक तर्फ ३ लाख ८३ हजार २ सय ९७ दशमलब ३८ कित्ता रहेको छ। इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स, लाजिम्पाटमा जेठ ४ गते बैंकिङ समय सम्म (३ बजे) आवेदन पेश गर्नु पर्ने छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलको कार्यलयमा जेठ ५ मा २ बजे खोलिने छ।

 

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले एनआइबिएल क्यापिटलको कुमारी बैंकमा रहेको खाता नम्बर ०१२४५२४६१५३३००१६ मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै एनआइबिएल क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ।

देब बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १९ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानि १९ रुपैयाँ १९ पैसा, प्रति सेयर नेटवर्थ १२५ रुपैयाँ २६ पैसा, लागत कोष ६ दशमलब ९५ प्रतिशत, मूल्य आम्दानीको अनुपात १४ दशमलब ०७ गुणा तथा कर्जा निक्षेप अनुपात ७६ दशमलब १७ प्रतिशत रहेको छ। बैंकले भर्खरै मात्र साझा बिकास बैंक र युनियन फाइनान्सलाई एक्वायर गर्ने निर्णय गरेको छ।

यो पनि: 

देब बिकास बैंकले कसरि गर्यो लोभलाग्दो प्रगति ? इपिएसमा ११० प्रतिशतको वृद्धि हुँदा लगानी कति फाइदामुलक ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved