माछापुच्छ्रेको १२ र पुर्णिमा विकास बैंकको ३० प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 12:13:40 PM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशन प्रयोजनार्थ माछापुच्छ्रे बैंक र पुर्णिमा विअक्स बैंकले बुक क्लोज मिति तय गरेका छन् । दुवै बैंकले हकप्रद निष्काशनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेका हुन् । जेठ १४ सम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन् 

माछापुच्छ्रे बैंकले १२ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले अब ७९ करोड १८ लाख बराबरको ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रद निष्काशन गर्ने छ ।  हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्ने छ । 

पुर्णिमा विकास बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले अब ८ करोड ८० लाख बराबरको ८ लाख ८० हजार ९ सय ६२ दशमलव ८२ कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ४४ करोड नाघ्ने छ । 

माछापुच्छ्रे बैंकको बैंकको बिक्रि प्रबन्धक एनएमबी क्यापिटल रहेको छ भने पुर्णिमा विअक्स बैंकको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved