देव विकासले युनियन फाइनान्सलाई गाभे पश्चात ४० प्रतिशत हकप्रद जारि गर्ने, डाक्यो बिशेष साधारणसभा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 28, 2017 | 10:10:58 AM मा प्रकाशित

laxmi  sunrise bank

देव विकास बैंकले असार २९ गतेको लागि बिशेष साधारणसभा डाकेको छ । बैंकको असार १३ गते बसेको संचालक समिति बैठकले २९ गते बिशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

बैंकले युनियन फाइनान्सलाई १:०.५० को स्वाप रेसियोमा गाभ्ने तयारी गरेको छ । साधारण सभाले सोहि प्रस्तावलाई अनोमोदन गर्ने छ । बैंकले साधारण सभामा युनियनलाई गाभेपछि हुन् आउने चुक्तापुंजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि साधारण सभामा लैजादै छ । 

 बैंकले गत बैशाखमा हकप्रद जारी गरेको थियो ।  त्यस समयमा बैंकले अवितरित हकप्रद शेयर लिलाम  गर्दा  ग्लोबल आइएमई क्यापिटलले प्रति कित्ता ३१६ दशमलब ७१ रुपैयाँमा देब बिकास बैंकको हकप्रद उठाएको थियो । दोस्रो बजारमा प्रति कित्ता २७५ रुपैयाँमा कारोबार भएको बेला  ग्लोबल आइएमई क्यापिटल जस्तो संस्थाले प्रति कित्ता  प्रति कित्ता ४१ रुपैयाँ ७१ पैसा बढी महँगोमा शेयर उठाउँदा बजारमा खैलाबैला मच्चिएको थियो। 

सोहि समयमा नै बिजपाटी डटकमले " बजार बुझेको ग्लोबल आइएमई क्यापिटलले यस कारण  महँगोमा उठायो देब बिकास बैंकको सेयर" शिर्षकमा समाचार लेखेको थियो जहाँ भनिएको थियो 'बैंक कम्तिमा ४० प्रतिशत हकप्रद सेयर र  १६ प्रतिशत  बोनस सेयर वितरण गरि चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजनामा रहेको छ।' साथै समाचारमा भनिएको थियो 'निकट भविष्यमा नै देब विकास बैंकले हकप्रदका लागि बिशेष साधारणसभा डाक्न सक्ने प्रवल सम्भावना रहेको बुझिएको छ।'

त्यसको केहि समय मै बिजपाटी डटकमले जनाए अनुसार नै देव विकास बैंकले बिशेष साधारणसभा डाकेको छ  । बैंकले साधारणसभा प्रयोजनको लागि असार २३ देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ  । असार २२ सम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् । 

युनियन फाइनान्सले पनि असार २९ गते कै लागि बिशेष साधारण सभा डाकेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved