नेपाल हाइड्रोको आईपिओ आबेदन खुला, आश्वाबाट मात्र आवेदन, कतिको लागि आवेदन दिनु उचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2017 | 07:50:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलपर लिमिटेडले आज साउन २७ गतेदेखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले   सर्वसाधारणका लागि तीन लाख ९० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्न  लागेको हो ।

 कम्पनीले एक सय रुपैयाँ अंकित दरको तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता आइपीओ बिक्रि गर्ने लागेको हो । आईपीओमा लगानीकर्ताले आज साउन २७ गतेदेखि छिटोमा साउन ३२ र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आश्वा बाट मात्र आवेदन दिन सक्नेछन् ।साधारण सेयरमा साउन १ देखि आस्बाबाट मात्र आवेदन गर्नु पर्ने व्यवस्था अनिवार्य गरिएको छ । 


कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ, यसको अर्थ कम्पनीको वित्तीय अवस्था कमजोर रहेको बुझिन्छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  । तर  धितोपत्र बोर्डको नयाँ बाँडफांड नियम अनुसार सबैलाई १० कित्ता वितरण गर्नु पर्ने भएकाले ५० कित्ता मात्रको लागि आवेदन दिनु उपयुक्त हुन्छ ।

कम्पनीले गत मङ्सिरमा  दोलखाका आयोजना प्रभावित स्थानीयबासीको लागि दुई लाख ६० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । कम्पनीले उक्त शेयर बाँडफाँड गरिसकेको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ । कम्पनीले दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको  छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved