नेप्से सूचक बढेपनि टर्नओभर घट्यो, यस्तो छ निरन्तर कारोबार रकम घट्नुको कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 01:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ३.५० अंकले बढेर १६३२.६६ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५८ कम्पनीका १६ लाख ४२ हजार ४३ कित्ता शेयर खरिद बिक्रिबाट ७० करोड ८७ लाख ७९ हजार ५३ रुपियाँको कारोबार भएको छ  

आज प्रुडेनशियल इन्स्योरेन्सको संस्थापक शेयर सबै भन्दा धेरै ३ करोड ४६ रुपियाँको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल लाइफ इन्सुरेन्स, फरवार्ड माइक्रोफाइनान्स लगायतका रहेका छन्  ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये  हाइड्रो, उत्पादन र फाइनान्स बाहेक सबै सूचक बढेका छन । आज हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।  

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 


यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :



किन घट्दै छ कारोबार रकम ।  

सामान्यतया यो समय कम्पनीहरुले आफ्नो प्रगति विवरण सार्बजनिक गर्ने र बोनस घोषणा गर्ने बेला भएकाले यस समय नेप्से घट्ने समय होइन । तर देशमा बाढी पहिरोको प्रकोपले गर्दा लगानीकर्तामा मनोबैज्ञानिक कारण देखिएकोले बजार अस्थिर रहेको आंकलन देखिएको छ । त्यस्तै अहिले तराइ क्षेत्र डुबानमा रहेकाले त्यहाँकाब्रोकरहरुले कारोबार गर्न सकेका छन् । एक ब्रोकर अधिकारीका अनुसार इटहरीमा ४, बिराटनगरमा ४ र धरानमा २ ब्रोकरले सेवा पुर्याउदै आएका थिए ।बाढी प्रकोपका कारण ति ब्रोकरले काम गर्न सकेका छैनन् । ति ब्रोकरहरुले औसतमा ५-६ करोडको कारोबार गर्ने गरेको बताईएको छ ।

मौसममा सुधार आउदै गरेको र बाढीको प्रभाव कम, हुदै गएकाले क्रमश ति ब्रोकरले पनि काम सुचारु गर्ने र बाढी पहिरोको मनोबैज्ञानिक कारण पनि हट्ने भएकाले आगामी साता नेप्सेले लय समात्ने अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved