सेन्ट्रल फाईनान्सको हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 11:57:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाईनान्स र एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड बीच हकप्रद शेयर निष्काशनको लागि सम्झौता भएको छ । सेन्ट्रल फाईनान्सको २ शेयर बराबर १ (२ः१) शेयरको अनुपातमा हकप्रद शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्भौतापत्रमा सेन्ट्रल फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठ तथा एनआईबिएल क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् । सेन्ट्रल फाईनान्सले प्रति शेयर मूल्य रु १०० अंकित दरको २६ लाख ३ हजार ३ सय १४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

सेन्ट्रल फाईनान्सकोे हाल कायम चुक्ता पुँजी रु ५२ करोड ६ लाख ६२ हजार ८ सय १५ रहेकोमा हकप्रद शेयर निष्काशन पछि कुल चुक्ता पुँजी रु ७८ करोड ९ लाख ९४ हजार २ सय २० पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved