कामना सेवा बिकास बैंकको पौने २ लाख कित्ता शेयर आजदेखि लिलाममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 27, 2017 | 10:02:48 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा बिकास बैंक(साबिकको कामना बिकास बैंक) ले आज भदौ ११ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रि गर्दै छ ।  

बैकले १ लाख ७५ हजार ३ सय ५८ दशमलब ६० कित्ता सेयर लिलामीमा राखेको हो। बैंकले असार ११ देखि साउन १५ सम्म १० बराबर ३० कित्ता अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्री खुला गर्दा अवितरित सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो।  

लिलामीमा राखिएको सेयरमा संस्थापक समूह तर्फ ४२ हजार १२० दशमलब ३४ कित्ता र साधारण समुह तर्फ १ लाख ३३ हजार ३३८ दशमलब २६ कित्ता सेयर रहेको छ। संस्थापक सेयर खरिद गर्नका लागि बिध्यमान संस्थापक सेयरधनीहरुले मात्र आबेदन दिन पाउनेछन।  

इच्छुक बोलकबोल दाताले  भदौ ११ देखि भदौ १९ गते बैंकिङ समय ३ बजेसम्म बैंकको केन्द्रीय कार्यालय पोखरा-लेखनाथ ८, कास्की तथा  बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको लाजिम्पाट स्थित कार्यालयमा आइपुग्ने गरि आबेदन दिनु पर्ने छ। बोलपत्रको नतिजा भदौ २१ गते १० बजे एनआइबिएल क्यापिटल मार्केटको कार्यालयमा खोलिने छ ।

बोलकबोल दाताले साधारण सेयरका लागि प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि र संस्थापक सेयरका लागि १० ले भाग जाने गरि न्युनतम १००० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।   

इच्छुक बोलकबोलदाताले भदौ ११ देखि भदौ १९ गतेसम्म एनआईबिएल क्यापिटलको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर ०१२४५२४६१६१०७०१९   मा आफुले खरिद गर्न चाहेको शेयरको लागि रकम जम्मा गर्न सक्ने छन्।

पोखरा केन्द्रित कामना र बुटवल केन्द्रित सेवा बिकास बैंकले गत आर्थिक बर्ष क्रमश: १७ करोड ६५ लाख र १७ करोड २८ लाख खुद मुनाफा आर्जन गरेका छन। दुवै बिकास बैंक १ बराबर १ को स्वाप अनुपातमा मर्ज भई कामना सेवा बिकास बैंकको नाममा साउन २२ गतेदेखि एकीकृत कारोबार थालेका हुन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved