आरएसडिसी लघुवित्तको २०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 08:29:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तको २०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज भदौ १५ गते अन्तिम दिन रहेको छ ।  लघुवित्तले १:२ को अनुपातमा चालु चुक्ता पुंजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । 

हकप्रद निष्काशन प्रयोजनार्थ लघुबित्तले भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ १५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । 

 अब लघुवित्तले सय रुपियाँ अंकित २३ लाख कित्ता हकप्रद निष्काशन गर्ने छ । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक रहेको छ । 

लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५६ लाख खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा हकप्रद निष्काशनपछि चुक्तापुंजी ३४ करोड नाघ्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved