हकप्रद निष्काशनको लागि देवः विकास र्बैंक र एनआईबिएल क्यापिटलबीच सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 02:34:16 PM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास र्बैंक र एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड बीच हकप्रद शेयर निष्काशनको लागि सम्झौता भएको छ । देवः विकास र्बैंकको १० शेयर बराबर ४ (१०ः४) शेयरको अनुपातमा हकप्रद शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्भौतापत्रमा देवः विकास र्बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ तथा एनआईबिएल क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गर्नुुुभयो । र्बैंकले प्रति शेयर मूल्य रु १०० अंकित दरको ६५ लाख ३३ हजार १ सय ८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

र्बैंककोे हाल कायम चुक्ता पुँजी रु १ अरर्ब ६३ करोड ३२ लाख ७७ हजार १ सय ४८ रहेकोमा हकप्रद शेयर निष्काशन पछि कुल चुक्ता पुँजी रु २ अरर्ब २८ करोड ६५ लाख ८८ हजार ७ पुग्नेछ ।

आ. व. २०७३÷७४ चोेैंथोे त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १० अरब ४१ करोड ३२ लाख ४२ हजार र कुल कर्जा ९ अरब ५७ करोड ६६ लाख २१ हजार रहेको छ ।  साथै सोहि त्रैमासिकमा बंैकले २८ करोड ९४ लाख ८४ हजार खुद नाफा आर्जन गरेको जनाएको छ ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved