हकप्रद निष्काशन गर्न सिद्दार्थ बैंकले चयन गर्यो बिक्री प्रबन्धक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 02:29:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले हकप्रद निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । बैंकले हकप्रद निष्काशनको लागि  लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको हो  । 

 सिद्धार्थ बैंक लिमिटेडले विद्यमान शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी रु.६,८२,६१,१७,१८८÷—को प्रति शेयर अंकित मूल्य ने.रु. १००÷– को दरले १० कित्ता शेयरको १ को अनुपातमा ६८,२६,११७.१९ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको हो  ।  

  सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत   राजीव सापकोटा र सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत   शम्भुनाथ गौतमले हस्ताक्षर गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved