ग्रामिण विकास लघुवित्तले आजदेखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 08:47:32 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण विकास लघुवित्तले बैशाख २७ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:०.५ को अनुपातमा  ५० प्रतिशतको दरले ३२ करोड ७५ लाख बराबरको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले माघ २९ गते हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेकोमा बोर्डले फागुन २९ गते  अनुमति दिएको हो । 

हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले क्यापिटलको शाखाहरु, लघुवित्तको केन्द्रीय तथा क्षेत्रिय शाखाहरु , सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् ।  लगानीकर्ताले हकप्रदमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीको अहिलेको पूँजी ६५ करोड रहेको छ। यसमा कम्पनीले थप ५० प्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी बढेर ९८ करोड २५ लाख पुग्नेछ । 

यो पनि: 

ग्रामिण विकास लघुवित्तको लाभांश २ वर्षपछि ! (विश्लेषण)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved