युनाइटेड इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 06:27:38 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited ले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो  । कम्पनीले शेयर निष्काशनको लागि चैत्र २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। 

अब कम्पनीले १:२.४ को अनुपातमा २ सय ४० प्रतिशतको दरले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले  हकप्रद निष्काशन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved