हकप्रदको लागि लुम्बिनी जनरल इन्स्योरेन्सको बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 09:00:17 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited  ले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि असोज २७ गते सोमबार बुक क्लोज गर्ने जनाएको हो। असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

कम्पनीले १०:२ को अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले  १७ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले हकप्रद निष्काशनको लागि सिबीआईएल क्यापिटललाई  बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रहेकोमा २० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ६० लाख पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved