४ सय लिटर तेलमा बनेको थियो बिश्व कीर्तिमानी राख्ने १ सय ५३ किलोको समोसा (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 11:38:12 AM मा प्रकाशित

laxmi  sunrise bank

हामी मध्ये अधिकांशले समोसा खाएका छौ  । नखाएको भएपनि देखेका छौ  । समोसाको आकार हामि सबैलाई थाहा छ  । सामान्यतया समोसा हातमा अट्ने खालको हुन्छ  । तर के तपाईलाई थाहा छ हालसम्म पकाइएको बिश्व कै ठुलो समोसा कत्रो थियो भनेर  । अवश्य पनि अनुमान कठिन हुन् सक्छ  । 

बिश्वको सबै भन्दा ठुलो समोसा लण्डनमा पकाईएको थियो  । जुन १ सय ५३ किलो १ सय ग्राम थियो  । मुस्लिम एड नामको सामाजिक संस्थाले यो समोसा बनाएर गिनिज बुकमा नाम लेखाउदै बिश्व किर्तिमान कायम गरेको हो  । 

यो समोसा बनाउन १२ जनाले १५ घण्टासम्म काम गरेका थिए  । यसमा ४४ किलो पिठो, १ सय किलो आलु, २५ किलो प्याज, १५ किलो केराउ, ४ सय लिटर तेल प्रयोग गरिएको थियो  । यो समोसा तयार पारेर पछि घरबार विहिन मानिसहरुलाई खानाको रुपमा वितरण गरिएको थियो ।

२२ अगस्ट २०१७ मा यो समोसा तयार पारिएको हो  । यस अघि रहेको कीर्तिमानी समोसा ११० किलो ८ सय ग्रामको थियो  ।

हेर्नुस भिडियो कसरी तयार पारिएको थियो समोसा । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved