अष्ट्रेलियालाई हराएर अन्तिम १६ मा पुग्ने डेनमार्कको लक्ष्य, यस्तो छ अहिलेसम्मको रेकर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 20, 2018 | 09:08:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियालाई हराएर नक आउट चरणमा पुग्ने लक्ष्य सहित डेनमार्क मैदानमा उत्रिदैछ। डेनमार्क अहिलेसम्म मात्र तीन पटक अन्तिम १६ मा पुगेको छ। डेनमार्कले सन १९९८ को विश्वकपमा सबै भन्दा उत्कृष्ट प्रदशन गर्न सफल भएको थियो। त्यस प्रतियोगितामा डेनमार्क क्वार्टर फाइनलसम्म पुग्न सफल भएको थियो। 

फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने लक्ष्य सहित मैदानमा उत्रिएको डेनमार्कको लागि यात्रा सहज भने हुनेछैन। रसियामा जारि विश्वकपमा आफ्नो पहिलो खेलमा पेरुलाई १-० ले हराएर विश्वकपमा बिजयी सुरुवात गरेको डेनमार्क समुह सीमा फ्रान्स पछि दोस्रो स्थानमा छन। फ्रान्स र डेनमार्कको अंक बराबर छ। डेनमार्क गोलका कारण पछि रहेको छ। यस्तोमा यदि डेनमार्कको टिम अष्ट्रेलियालाई हराउन सफल हुन्छ भने उ अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्न सफल हुनेछ। 

डेनमार्क मात्र तीन पटक अन्तिम १६ मा 

डेनमार्क अहिलेसम्म मात्र तीन पटक अन्तिम १६ मा पुग्न सफल भएको छ। उसले सन १९९८ मा उत्कृष्ट प्रदशन गर्दै क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो। अष्ट्रेलिया बिरुद्द जीत हासिल गरेर चौथो पटक अन्तिम १६ मा पुग्ने लक्ष्य सहित डेनमार्क मैदानमा उत्रिदैछ। यस प्रतियोगिताको आफ्नो पहिलो खेलमा उत्कृष्ट डिफेन्स गरेको डेनमार्कले पेरुलाई १-० ले पराजित गरेको थियो। 

पछिल्लो जितमा डेनमार्कका गोलकिपर कैस्पर इस्माइकलले महत्त्वपूर्ण भूमिका निभाए। आजको खेलमा पनि डेनमार्कका डिफेन्डर र गोलकिपरले यस्तै प्रदशनको अपेक्षासहित मैदानमा हुनेछन। 

जितको खोजीमा अष्ट्रेलिया 

अष्ट्रेलियालाई अन्तिम १६ मा पुग्ने लक्ष्यलाई कायम राख्नका लागि पनि आजको खेलमा जित अनिवार्य छ। डेनमार्कको बलियो डिफेन्स लाइन पार गर्दै गोल गर्ने लक्ष्य सहित अष्ट्रेलिया मैदानमा हुनेछ। 

आजको खेलमा अष्ट्रेलियाले जित निकालेको अवस्थामा उसको खातामा तीन अंक थपिनेछ र डेनमार्क र फ्रान्ससंग अंक बराबरी गर्नेछ। तर फ्रान्ससंगको खेलमा कम्जोर प्रस्तुति देखिएको अष्ट्रेलियाका लागि डेनमार्क बिरुद्दको जित सहज भने हुनेछैन। 

अहिलेसम्मको रेकर्ड 

विश्वकपको इतिहासमा डेनमार्क अहिलेसम्म ३ पटक समुह चरणबाट अगाडी बढ्न सफल भएको छ। 

अष्ट्रेलियाका फरवार्ड १९ बर्षिय डेनियल अर्जानी विश्वकप २०१८ मा खेल्ने सबै भन्दा कान्छा खेलाडी हुन। 

अहिलेसम्म ५ वटा विश्वकप खेलेको अष्ट्रेलिया एक पटक मात्र समुह चरणबाट अगाडी बढेको छ। 

२००६ को विश्वकपमा अष्ट्रेलिया अन्तिम १६ मा पुग्न सफल भएको थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved