मेक्सिको बन्यो अन्तिम १६ मा पुग्ने छैटौं टिम, कोरिया समुह चरणबाटै 'आउट'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 23, 2018 | 11:12:21 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकपमा मेक्सिको नक आउट चरणमा पुग्ने छैटौं टिम बनेको छ। समुह एफ अन्तर्गतको खेलमा एशियन टिम दक्षिण कोरियालाई २-१ ले पराजित गर्दै मेक्सिको अन्तिम १६ मा पुग्ने छैटौं टिम बनेको हो। 

पहिलो हाफमा आफ्नो लय गुमाएको कोरियाको कमजोरीको फाइदा उठाउदै मेक्सिकोले पहिलो हाफको सुरुवाती समयमै पहिलो गोल गर्न सफल रह्यो। मेक्सिको लागि कार्लोस भेलाले खेलको २६ औं मिनेटमा र जे हर्नानडेजले ६६ औं मिनेटमा गोल गर्दै मेक्सिकोलाई जित दिलाए।

दोस्रो हाफमा फर्किने प्रयासमा रहेको कोरियाका लागि दोस्रो हाफको अतिरिक्त समयमा एचएम सनले १ गोल गरे। कोरियाली टिमको कमजोरीको फाइदा उठाउदै मेक्सिकोले जारि विश्वकपमा लगातार दोस्रो जित दर्ता गरेको छ। 

दुवै खेलमा जित निकालेको मेक्सिकोले ६ अंक प्राप्त गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ भने कोरियाली टिम समुच चरणबाटै बाहिरिएको छ। २० बर्ष अगाडी फ्रान्समा भएको १९९८ को विश्वकपमा पनि कोरिया समुह चरणबाटै बाहिरिएको थियो। 

मेक्सिकोसंगै अहिलेसम्म ६ टिमले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन भने ६ टिम समूह चरणबाटै बाहिरिएका छन। अन्तिम १६ मा पुग्नेमा बेल्जियम, आयोजक रसिया, उरूग्वे, फ्रान्स र क्रोएसिया छन। त्यस्तै समुह चरणबाटै बाहिरिनेमा कोरिया सहित साउदी अरेबिया, इजिप्ट ,मोरक्को ,पेरु र कोष्टारिका छन। 

अंक तालिका हेर्न र विश्वकपसंग सम्बन्धित सम्पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्नुहोस। साथै जारि विश्वकपका खेलहरुमा सहि गोल अनुमान लगाउनुहोस र आकर्षक पुरस्कार जित्नुहोस। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved