चक्रपथमा महिला बस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 02:16:50 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको चक्रपथमा महिला बस सेवा सञ्चालनमा आउने भएको छ । मलेसियाबाट फर्केका नेपाली युवाहरुले स्थापना गरेको संस्थाले महिला बस सेवा सञ्चालन गर्ने भएको हो । महिलाहरुको व्यवस्थित यात्राको लागी सञ्चालन गर्न लागेको बसमा चालक र सहचालक पनि महिला नै रहने संस्थाका ईन्भेष्टमेन्ट कम्पनि विभागका सदस्य सुरेश बस्नेतले जानकारी दिएका छन् । 

मलेसियाबाट फर्केका देशैभरका युवाहरुलाई समेटेको यस संस्थाले विभिन्न विभागबाट व्यवसाय सञ्चालन गर्ने तयारी रहेको बस्नेतले बताए । १ हप्ताभित्र सम्पूर्ण प्रक्रिया पुरा गरि गाडी संचालनमा  ल्याउने संस्थाले जानकारी दिएको छ  । सुरुवातीमा संस्थाले ४ बटा बस सञ्चालनमा ल्याउने उनले जानकारी दिएका छन्  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved