दशैं सकिएसँगै उपत्यका फर्किनेको संख्या बढ्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2019 | 11:50:20 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैं मनाएर उपत्यका फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ ।  बुधबार देखि विहिबार विहान सम्ममा ११  हजार ४२१ सवारी साधनमा करिब ७१ हजार यात्रु काठमाडौं उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाकारि दिएको छ । 

सोही अवधिमा ९ हजार ६७३ सवारीसाधनमा ५६ हजार भन्दा बढी यात्रु काठमाडौं  बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै भक्तपुरको जगाती नाका हुँदै उपत्यका भित्रिएका छन् । जगातीबाट ३८ हजार ९३३, नागढुङगा नाकाबाट २६ हजार ३५७, मुड्खुबाट एक हजार ४८७ र फर्पिङ नाका हुँदै तीन हजार ९८२ यात्रु उपत्यका भित्रिएको महानगरिय ट्रफिक प्रमहरी महाशाखाले जनाएको छ । 

मान्यजनको हातबाट दशैंको टिका ग्रहण गर्नुको साथै बुधबारबाट कार्यालयहरु पनि खुलेकोले उपत्यका भित्रिने यात्रुको चाप बढेको हो । यात्रुको चाप बढेसँगै काठमाडौंको सडकमा पनि सवारी चाप बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ । 

अधिकांश स्कुल तथा कलेजहरु तिहार तथा छठ पछि मात्रै खुल्ने भएकोले दशैंकअगाडी उपत्यका बाहीरीका सबै यात्रु भने उपत्यका पकर्बैदन । त्यसैैले दशैंक र तिहारको बीचमा उपत्यकामा सावारी चाप पनि कम हुने महानगरीय ट्रफिका प्रहरी महाशाखाकाका अधिकारिहरु बताउँछन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved