उत्तर कोरियाद्वारा अमेरिकाविरुद्ध विशाल प्रदर्शन

रासस

रासस

Jun 25, 2017 | 09:57:21 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियाले अमेरिकाविरुद्ध सङ्घर्ष सुरु भएको दिनको स्मरणमा आइतबार एक विशाल जुलुसको आयोजना गरेको बताइएको छ । जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए । जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता भएको थियो । सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठह¥याएका कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए) ले बताएको छ । जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध भएको ‘क्रुरता’लाई उनीहरु कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved