बम टिपेर फाल्ने प्रहरी हवल्दारलाई गृहमन्त्रीको बधाई

रासस

रासस

Jun 28, 2017 | 10:13:42 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचनमा खटिइएका एक प्रहरी हवल्दारले आफ्नो ज्यानको पर्वाह नगरी अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम टिपेर बाहिर फाल्ने साहस देखाए । तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो । नेपाल प्रहरीका साहसी हवल्दार दुर्गाबहादुर रानाले उक्त बम केही सेकेन्डमै जहाँबाट आएको हो त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाए। 

“बिहान वरपर कुहिरो लागेको थियो, म मतदान केन्द्रको सुरक्षाका लागि खटिएका थिएँ, धुँवा उड्दै एउटा डल्लो वस्तु मेरो अगाडि प¥यो र मैले झटपट टिपेर जहाँबाट आएको हो त्यही फ्याकी दिएँ, अनि ठूलो आवाजमा पड्कियो” – हवल्दार रानाले भने । उनका अनुसार बिहान करिब ९ः३० बजेको समयमा मतदान केन्द्रलाई लक्ष्य गरी उत्तरतर्फबाट बम प्रहार भएको थियो । रानाले भने, “मलाई तालिममा सिकाइएको थियो, बम कस्तो र कति बेला पड्कन्छ भनेर । सोहीअनुरुप मैले बम छोपेर फालेको हुँ ।” उनले बम पड्केर हुने क्षतिबाट सबैलाई बचाउन पाउँदा आफूलाई गर्व लागेको बताए । 

यसैबीच, गृहमन्त्री जनार्दन शर्मा र प्रहरीका उच्च अधिकारीले साहसिक काम गरेको भन्दै हवल्दार रानालाई टेलिफोन गरेर धन्यवाद दिएका छन् । गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गरेका छन् । सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । रासस 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved