चर्चित थवाङ-५ मा माओवादी केन्द्रको प्यानलनै विजयी

रासस

रासस

Jun 29, 2017 | 10:14:50 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित थवाङ- ५ मा माओवादी केन्द्रको प्यानल नै  विजय भएको छ । सो वडामा माओवादी केन्द्रका उम्मेदवार  गोबर्द्धन घर्ती पूरै प्यानलसहित अध्यक्षमा विजयी भएका हुन् । 

निकटतम प्रतिद्वन्दी कांग्रेसका रमेश रोकालाई १ सय २६ को फराकिलो अन्तरले पराजित गर्दै घर्ती विजयी भएका हुन् । उनले २८७ मत प्राप्त गरेका छन् । त्यसैगरि गाउँपालिका अध्यक्ष र  उपाध्यक्षमा पनि माओवादी केन्द्रको अग्रता रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका विप्लव नेतृत्वको नेकपाका दुगमन रोकाले १०६ मत पाए ।

अध्यक्षमा वीरबहादुर घर्तीले २८५ र उपाध्यक्ष रामकिरणी रोकाले २८३ मत प्राप्त गरेकी छन् ।कांग्रेस –एमाले र स्वतन्त्रका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विप्लप नेतृत्वका नेकपाका कार्यकर्ता अमित घर्तीको १३३ मत छ ।गठबन्धनको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएका श्रीकुमारी बुढाको २१० मत ल्याएको त्यहाँबाट पत्रकार मौसम रोकाले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved