बाम एकताले प्रधानमन्त्री देउवाले विश्वास गर्नु भएन, दुःख व्यक्त गर्छुः प्रचण्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2017 | 05:10:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो बिश्वास नगरेकोमा दुख ब्यक्त गरेका छन। शनिबार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालले वाम गठबन्धनपछि सरकार परिर्वतनको खेलमा नलाग्ने आफ्नो बचनमा प्रधानमन्त्री देउवाले बिश्वास नगरेको भन्दै दुख व्यक्त गरेका हुन्। 

'एमाले र माओवादीको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिलाई कम्युनिष्ट शासन आउने भयो भनेर प्रचार गरियो' संसदलाई सम्बोधन गर्दै   दाहालले भने। संघीय लोकतान्त्रिक गणतन्त्रसहित संविधान बनेको र संसदीय प्रणाली स्वीकार गरेको भन्दै अध्यक्ष दाहालले एकता र मेलमिलाप लोकतान्त्रिक अभ्यास भित्रको कुरा भएको स्पष्ट पारे।   

माओवादी केन्द्रले देउवा सरकारलाई समर्थन गर्छ र मन्त्री फिर्ता बोलाउदैन भन्दा भन्दै पनि प्रधानमन्त्री देउवाले मन्त्री थपेको अध्यक्ष दाहालले असन्तुष्टि जनाए। 

वाम एकता गर्नु अघि नै आफूले प्रधानमन्त्रीलाई यो कांग्रेसविरुद्ध नभएको र सरकार परिर्वतनको खेलमा नलाग्ने स्पष्ट पारेको अध्यक्ष दाहालले संसद बैठकमा बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved