८८ किलो सुन प्रकरण: मुख्य नाइके कांग्रेस नेता भएको खुलासा, स्वयम्भूबाट पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 03:50:23 PM मा प्रकाशित

laxmi  sunrise bank

 ८८ किलो सुनतस्करीमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका नेता मानबहादुर तामाङ पक्राउ परेका छन ।   ८८ किलो सुन तस्करीमा मुख्य भूमिका खेलेका कांग्रेस नेता नेपाली एजेन्ट मानबहादुर तामाङलाई सोमबार  महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

सुन काण्डमा पक्राउ परेका अन्य अभियुक्तले तामाङको सहयोगमा सुनतस्करीमा सहभागी भएको बताएपछि उनई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले भदौ १९ गते बिहान क्षेत्रपाटीमा पार्किङ गरिरहेको अवस्थामा ८८ केजी सुनसहित चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको थियो । 

पर्क्राउ परेका तामाङ नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका रसुवाबाट समानुपातिक सिफारिसमा परेका छन् । उनी नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत हुन् ।पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले अनुसन्धानअघि बढाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved