किन यु टर्न हुदै सरकार नछाड्ने निर्णय गर्यो माओबादीले ? यस्ता छन् २ कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 01:39:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारबाट बाहिरिने निर्णय गरेको माओबादी केन्द्र अन्तिम समयमा आएर सरकार नछाड्ने निर्णयमा पुगेको छ । माओबादी केन्द्रका अध्यक्षले आज बिहान प्रधानमन्त्री शेर बहादुर देउवासंग छलफल गरेर प्रधानमन्त्रीको चाहना अनुसार नै सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको थियो ।

तर माओबादी केन्द्रले अन्तिम समयमा यु टर्न लिएको छ । अब माओबादी केन्द्र सरकार मै बस्ने भएको छ  । प्रधानमन्त्रीले बिना विभागीय बनाए पनि सरकार मै बसी रहने माओबादीले निर्णय गरेको हो  ।

किन यु टर्न भयो माओबादी ?

गृहमन्त्री जनार्जन शर्माले प्रधानमन्त्री चुनाव सार्न लागेको गोप्य सूचना पाएकोले चुनावको सुनिश्चितता नहुँदासम्म सरकार मै बसी रहने बताए । निर्वाचन आयोग स्रोतबाट आफूहरुले त्यस्तो सूचना पाएको भन्दै चुनावको सुनिश्चितता नभएसम्म सरकार नछाड्ने बताए । 

त्यस्तै महिला बालबालिका तथा समाज कल्याण राज्य मन्त्री जाकिर हुसैनले पनि चुनाव सार्ने खेलमा प्रधानमन्त्री रहेकाले निर्वाचन भाडिन नदिन आफुहरु सरकार मै बस्ने बताए  । उनले भने 'प्रमुख निर्वाचन अायुक्तकाे फाेन अायाे । प्रमले निर्वाचन मिति सार्ने खेलमा लाग्नुभएकाे रहस्य खुल्याे । अब, नयाँ खेल शुरू भयाे । जनता निर्वाचनमा हाेमिसकेकाे अबस्थामा निर्वाचन भाँडिन्छ भने हामी त्यसकाे प्रतिकार गर्छाैं ।'

मन्त्री हुसैनले संविधान कार्यान्वयनकाे लागि ताेकिएकै समयमा निर्वाचन हुनै पर्ने भएकाले आफुहरु निर्वाचनको सुनिश्चितता लागि सरकार मै बस्ने बताए  । 

त्यस्तै बरिष्ठ पत्रकार किशोर श्रेष्ठले पनि चुनाव सार्न लागिएको सूचना आएकोले प्रचण्डले सरकार नछोड्ने निर्णय गरेको बताएका छन्  । 

उनले भनेका छन् ' सरकार छाड्ने निर्णयमा सही गर्नै लाग्दा मतपत्र बदरसम्बन्धी रिट भर्खरै सर्वोच्चमा परेको (त्यो मुध्दामा केही आदेश भयो भने संसद छैन,कसले कानून बनाउने या संशोधन गर्ने) र त्यसैमा टेकेर चुनाव सार्न लागिएको सूचना आएसँगै प्रचण्ड कमरेड सरकार नछाड्ने निर्णयमा यु टर्न ! '

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved