सर्बोच्चद्वारा चुनावी कार्यक्रम सार्न माग गर्दै दायर रिट खारेज, समय मै चुनाव गर्ने बाटो खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 12:30:02 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन कार्यक्रम सार्न माग गर्दै दायर गरिएको रिटमा आज सर्बोच्च अदालतले अन्तिम फैसला सुनाको छ । अदालतले  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने भन्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्बोच्चको फैसलासँगै निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार निर्वाचन गर्न बाटो खुल्ला भएको छ ।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।इजलासले निर्वाचन प्रक्रिया रोक्नु नपर्ने र मतपत्रको संख्या बढाउनु नपर्ने गरी आदेश दिएको छ । निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ । समानुपातिकतर्फको मतपत्र छाप्ने काम सुरू भइसकेको अवस्थामा दर्ता हुन अाएको निवेदनबाट अन्तरिम अादेशबारे बोल्नुको कुनै अाैचित्य नरहने सर्वोच्चले बताएको छ ।

साथै आदेशमा निर्वाचन आयोगले ऐन र कानुन बमोजिम बाँकी निर्वाचनको प्रक्रिया अघि बढाउन बह्निएको छ  ।

  सर्वोच्चले अन्तरिम आदेश नदिएपछि शुक्लाको रिट खारेज भएको छ ।

शुक्लले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ गरी मतपत्र चार वटा बनाउनु पर्ने र प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको तालिका सार्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved