युवतीको बिषयमा विवाद हुँदा काठमाडौँमा गोली चल्यो, पुर्वमन्त्रीका भतिजा सहित ५ पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 09:53:38 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् । बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् ।


महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए  । 

 



पक्राउ पर्नेमा पुर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका भतिजा समेत रहेका छन्  ।  

सोह्रखुट्टेको सिएनआइ क्लबमा युवतीको बिषयमा भएको बिबादका कारण गोली चलेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved