मन्त्रीपरिषदको बैठक बस्दै, रेग्मीलाई मुख्य सचिव नियुक्ती गर्ने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 06:49:32 AM मा प्रकाशित

laxmi  sunrise bank

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्ति गर्ने भएको छ । सरकारले आजै मुख्य सचिव नियुक्ति गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ । 

मुख्य सचिव नियुक्तिका लागि केही छिन पछि ९ बजे मन्त्रीपरिषदको बैठक बस्ने तयारी भइरहेको छ । प्राप्त जानकारी अनुसार मन्त्रीपरिषदको बैठकले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने तयार रहेको जानकारी प्राप्त भएको छ ।

मन्त्रीपरिषद बैठकले केही सचिवको बढुवा र सरुवा गर्ने तयारी पनि गरेको छ । अहिले खाली रहेका प्रशासन समुहका तीनजना सचिवको बढुवा, उनीहरुको पदस्थापन र केही सचिवको सरुवा गर्ने तयारी रहेको पनि श्रोतले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved