बाबुरामलाई समर्थन गर्दै फोरमको उम्मेदवारी फिर्ता, नारायणकाजीलाई तनाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 03:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन रोचक बनिरहेको बेला एक उम्मेदवारले नयाँ शक्ति नेपालका बाबुराम भट्टराईलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएपछि त्यहाँको निर्वाचन थप रोचक हुने भएको छ 

यस क्षेत्रमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । श्रेष्ठलाई एमालेको साथ छ भने भट्टराईलाई कांग्रेसको । 

आज संघीय समाजवादी फोरम नेपालका सुकदेव गुरुङ तामाङले भट्टराईलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् । पालुङटार नगरपालिका वडा नम्बर ५ सहित श्रीनाथकोट, जौवारी, घ्याच्चोक, मिरकोट लगायतका क्षेत्रमा संघीय समाजवादीले संगठन विस्तार गरेको छ । यहाँ आदिवासी जनजातिको बाक्लो बसोबास रहेको छ ।

यस संगै बाबुरामले आफ्नो सम्भावना थप मजबुत बनाएका छन् भने श्रेष्ठलाई केहि असहज हुने देखिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved