FLASH NEWS: निर्वाचनको मिति परिवर्तन नहुने, प्रत्यक्षतर्फको मतपत्र २ वटा छापिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 02:54:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तंत निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनको लागि २ वटा फरक फरक मतपत्र छाप्ने निर्णय गरेको छ  । सर्बोच्च अदालतले  कात्तिक १ गते प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने विषयमा ‘गम्भीरता पूर्वक विचार गर्ने नै छ’ भनि आदेश गरेको र त्यसपछि  मतपत्र छपाईको बिषय के कति प्रगति भएको छ भनी प्रगति विवरण मागे पछि आयोगले छुट्टाछुट्टै पानामा मतपत्र छाप्ने निर्णय गरेको आयोग उच्च स्रोतले बिजपाटीलाई बताएको हो  ।आयोगले यसबारेको निर्णय भने सार्बजनिक गरेको छैन ।


सर्बोच्चको आदेश पछि आयोगले लगातार कानुनविद संग छलफल गरेको थियो । त्यसपछि आज आइतबार बसेको आयोगको बैठकले सर्बोच्च अदालतको आदेशको सम्मान हुने र निर्वाचन पनि नसर्ने गरी 'विन विन' समाधान निकालेको हो  ।

आयोगले यस अघि एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्ने तयारी गरेको थियो। अब २ वटा मतपत्र छाप्नु परेपनि निर्वाचनको मिति भने नसर्ने आयोगले स्पष्ट पारेको छ । 

आयोगले समानुपातिक तर्फको मतपत्र भने छापिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved