एमाले छाडेका विनोद चौधरी कांग्रेसको समानुपातिक सूचीमा, मोटो रकम बुझाएको खुलासा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 11:54:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एकमात्र खर्बपति उद्योगी बिनोद चौधरीलाई नेपाली कांग्रेसले समानुपातिकको उम्मेदवार बनाएको छ। कांग्रेसले आइतबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा चौधरीको नाम समावेश गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले समानुपातिक सूचीमा चौधरीको नाम पनि सिफारिस गरिएको पुष्टि गरेका छन। काँग्रेसले आइतवार संसोधनसहित बुझाएको सूचीमा उम्मेदवारको नाम हेरफेर गरि चौधरीको नाम सिफारिस गरेको हो। यससंगै चौधरीलाई समानुपातिकको प्राथमिकता सूचीमा राखेकोमा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ।

२०६४ सालको संविधान सभा निर्वाचनमा एमालेबाट समानुपातिक कोटाबाट सभासद बनेका चौधरी केहि समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए। चौधरीले सांसद बन्नको लागि मोटो रकम बुझाएको कांग्रेसका एक नेताले बताएका छन। 'अर्थमन्त्री बन्ने योजनाका साथ चौधरीले मोटो रकम बुझाएर सांसद बन्न आएका हुन' स्रोतको भनाई छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved