यस कारण बढ्यो चिसो, हिमपातको सम्भावना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 01:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज देशको पूर्वी, मध्य र पश्चिमी भेगमा बदलीका साथै केही स्थानमा वर्षात् भएको छ । उक्त प्रणालीको प्रभावले देशको अधिकांश भागमा बदली र मध्यका केही र पूर्वी भेगमा वर्षात् भएको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम भेगमा तुलनात्मक रुपमा कम प्रभाव छ ।

बंगलादेश आसपासको न्यूनचापीय क्षेत्रका कारण पूर्वी क्षेत्रमा अझै बढी असर देखिएको तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ । उच्च वायुमण्डलमा तीन चार दिनअघिदेखि रहेको न्यूनचापीय क्षेत्र बुधबारदेखि बाहिरिने भए पनि मध्य वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको असरले पहाडी क्षेत्रमा बदली र छिटफुट वर्षात् हुने सम्भावना रहेको मौसमविद् रिमालको भनाइ छ ।

 पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षात् भएपछि केही चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको बितेको २४ घण्टाको विवरणानुसार देशका पूर्वी भेगका अधिकांश स्थानमा वर्षात् भएको छ । धनकुटामा १५ र विराटनगरमा १० र ओखलढुंगामा दुई मिमी वर्षात् भएको छ ।

आज सबैभन्दा कम जुम्ला एक र सबैभन्दा धेरै भैरहवामा ३२ डिग्री सेल्सियस छ । काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved