कमलादीमा गोली चल्यो, आधुनिक पेस्तोल र ५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 01, 2017 | 04:24:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार साँझ कमलादीमा गोली चलेको छ । गोली हानेर भाग्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कमलपोखरीले कमलादीस्थित हेरिटेज प्जालाबाट आधुनिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ गरेको छ। 

भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह नाम गरेका भारतीय नागरिक हतियार र ठूलो परिमाणको गोलीसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले जानकारी दिएका छन। 

उनका अनुसार पक्राउ पर्नेबाट ४ वटा म्यागजिन फेला परेको छ। कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको प्जालामा एक राउण्ड गोली चलाए पनि कोही घाइते नभएको उनले बताए। 

बन्दुकधारीहरु कुन उदेश्यले त्यहाँ आएका हुन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरिएको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved