प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न नजाने, पठाए वारेसनामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 10:54:39 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराउने भएका छन् ।   पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए   । 

 आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ ।   पार्टीका उम्मेदवार तय गर्न बुधबार रातिसम्म पार्टीको संसदीय समितिको बैठकमा व्यस्त हुनु परेकाले प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न आफू जान नसकेका हुन्  । निर्वाचन आयोगले  वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराउने सक्ने ब्य्बस्तः गरेको छ   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved