सूचना उपलब्ध नगराउने ६९९ अधिकारीविरुद्ध उजुरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 10:16:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध उजुरी गरिएको छ । 

राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध आज हुलाकमार्फत सम्बन्धीत निकायका कार्यालय प्रमुखसमक्ष उजुरी गरिएको हो । 

मुलुकभरका ७५३ स्थानीय तहमा सूचना माग गरिएकोमा ५४ वटा स्थानीय तहले मात्र सूचना उपलब्ध गराएको छ । सूचनाको हकको बेवास्ता गर्दै सूचना उपलब्ध नगराएपछि त्यहाँका सूचना अधिकारीलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको हो । 

स्थानीय सरकार पारदर्शी, जवाफदेही र जनताप्रति उत्तरदायी तथा नागरिक र स्थानीय सरकारबीच एकापसमा विश्वासिलो र रचनात्मक सहभागिताको वातावरण बनोस् भन्ने उद्देश्य राखी देशका सबै स्थानीय तहको कार्यपालिका कार्यालयसँग सूचना माग गरिएकामा स्थानीय तहले त्यसलाई बेवास्ता गरेका हुन् । 

फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी, कार्यकारी प्रमुख तारानाथ दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं फ्रिडम फोरमका महासचिव धर्मेन्द्र झा, अधिवक्ताद्वय राममाया लामिछाने र सञ्जिव घिमिरे, फोरका कोषाध्यक्ष केदार दाहाल, सञ्चारकर्मी कृष्णप्रसाद सापकोटालगायतले आफ्नो अध्ययन एवं जानकारी प्रयोजनका लागि नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ती सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि माग गरेकोमा ६९९ स्थानीय तहले सूचना उपलब्ध गराएका छैनन् । 

सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक स्थानीय तहमा सूचना अधिकारी तोक्नुपर्ने कानूनी व्यवस्था गरेको उल्लेख गर्दै स्थानीय तहमा सूचना अधिकारी तोकिनुभएको छ वा छैन, सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम तीन÷तीन महिनामा स्वतः सार्वजनिक गर्नुपर्ने २० प्रकारका सूचना के–कसरी सार्वजनिक गर्दैछ, कार्यालयमा सुशासन ऐन, २०६४ बमोजिम सार्वजनिक सुनुवाइ गरिन्छ वा गरिँदैन, कार्यालयले सूचना व्यवस्थापनसम्बन्धी कुनै निर्देशिका वा नीति वा कुनै कानून बनाएको छ÷छैन भन्ने विषयमा सूचना माग गरिएको थियो । 

त्यसैगरी यस कार्यालयले नागरिक वडापत्र राखेको छ÷छैन, कार्यालयको वेबसाइट छ÷छैन, निर्वाचित पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिएको छ÷छैन, कार्यालयको निर्माण, आपूर्ति र सेवासम्बन्धी विज्ञापनका लागि चालू आवमा कति बजेट छुट्याइएको छ, विज्ञापन प्र्रवाह गर्न के कस्तो नीति र कार्यक्रम बनाइएको छ, कार्यालयले सञ्चालन गर्ने योजनाको पारदर्शीताका लागि योजनास्थल होर्डिङबोर्ड राख्ने नीति छ÷छैन, कार्यालयले आफ्ना काम–कारबाहीमा जनसहभागिता सुनिश्चित गर्न कुनै कानूनी वा नीतिगत संरचना बनाएको छ÷छैनलगायत विषयमा सूचना माग गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved