कान्छी उम्मेदवारको प्रतिस्पर्धा आफ्नै पुर्व पार्टीका प्रबक्तासंग, भन्छिन 'जित्न पनि सकिन्छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 03:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौँ क्षेत्र नम्बर २ बाट हाम्रो पार्टीको तर्फ बाट उम्मेदवारी दिएकी शोभिता घिमिरे सम्भबत नेपाल भरिकै सबै भन्दा कान्छी उम्मेदवार हुन्। उनी बिगतमा शिक्षण पेशामा आबद्द रहे पनि हाल भने स्नातकोत्तर पहिलो बर्षमा अध्यनरत छिन । उमेरको हिसाबले भर्खर २५ बर्ष ६ महिना पुगेकी उनी कलिलो उमेर मै प्रतिनिधि सभा निर्वाचनमा होमिएकी छिन् ।

उनी निर्वाचन भन्दा केहि अगाडी सम्म विवेकशील साझा पार्टी मै थिइन । निर्वाचन मुख मै उनले पार्टी छाडीन र हाम्रो पार्टीमा आईन । किन निर्वाचनको मुखमा पार्टी छोड्नु पर्ने बाध्यता आयो भन्दा उनी भन्छिन ' मलाई विकेकशील साझा पार्टी पनि मन पर्छ, हाम्रो पार्टी पनि मन पर्छ, तर हाम्रो पार्टीको नीति मलाई धेरै मन पर्यो, यहाँको बिधान स्वतन्त्र छ , त्यहि भएर हाम्रो पार्टी रोजे । ' उनलाई हाम्रो पार्टीबाट चुनाव लड्ने प्रस्ताव पनि आएको रहेछ ।

डाक्टर गोबिन्द केसीको आमरण अनसन उत्कर्षमा पुगेको बेलाको आन्दोलनमा शसक्त नेतृत्वले उनीलाई चर्चामा ल्याएको थियो। क्षेत्र नम्बर २ मा भएको सरसफाई, बढी पिडित राहत संकलन, ज्येष्ठ नागरिक र महिलाको लागि बिद्युत प्राधिकरणमा लाइन ब्यबस्थापन, जनचेतना, पेशागत परामर्श लगायतका कार्यक्रममा सक्रिय नेतृत्व प्रदान गरेकी थिइन शोभिताले । तर त्यो सब उनले विवेकशील साझा पार्टीमा रहँदा गरेकी थिइन ।

यसै क्षेत्रमा विवेकशील साझा पार्टीका प्रबक्ता सुर्यराज आचार्य उम्मेदवार छन् । शोभिता पनि विवेकशील साझाबाट नै आएकी हुनाले विवेकशील साझालाई समर्थन गर्नेले आचार्यलाई मत दिन्छन वा शोभितालाई , त्यो भने समयले देखाउने छ।

यसै क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि उम्मेदवार छन् । त्यस्तै कांग्रेसका तर्फ बाट दिपक कुईकेल प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा जित्ने आधार के हो भन्दा शोभिता भन्छिन 'मलाई जित्नु नै छैन तर जित्न पनि सकिन्छ' ।

धारा चुनाब चिन्ह सहित उम्मेदवारी दिएकी घिमिरे अहिलेको देशको बिकाश र समृद्धिको नेतृत्व युवा पुस्त त्यसमा पनि महिला बाट नै सम्भब भएको बताउछिन। देशलाई राम्रो बनाउन अब युवाले नै नेतृत्व लिनु पर्ने भएकाले सानै उमेरमा नै चुनावी मैदानमा उत्रेको उनी बताउछिन् ।

उनको ठुला रेल र मेट्रो गुडाउने योजना छैन । उनका सामान्य प्रतिबद्दता छन् । सुर्ती गुट्खा रक्सि लगायतका स्वास्थ्यमा प्रतिकुल असर गर्ने पदार्थलाई निरुत्साहित गर्ने, साँखु लगायतका धार्मिक र सास्कृतिक सम्पदाको संरक्षण र पर्यटनबाट आम्दानी गरि सो क्षेत्रका बासिन्दाको आर्थिक बिकाश , कागेस्वरी मनोहरा, साँखु लगायत अन्य क्षेत्रमा भएका जिर्ण सडकले दुर्घटना निम्त्याउने काम गरेकोले जन सहभागितामा उक्त सडकको निर्माण लगायतका मुद्दालाई उनले प्राथमिकता दिएकी छिन्।

भर्खरै सम्पन्न स्थानीय चुनाबकि चर्चित युवा उम्मेदवार रन्जु दर्शना र शोभिता केहि समय अघि सम एकै पार्टीमा थिए । तर अब उनीहरु पार्टीगत रुपमा छुट्टिए । तर रन्जुले जस्तै चर्चा र मत उनले पाउछिन कि पाउदिनन त्यो भने हेर्न बाकी नै छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved