विवेकशील साझाका १५८ उमेदवार, को कहाँ ? (सूचीसहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 03, 2017 | 07:17:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीको तर्फबाट देशभर १५८ जनाले उमेदवारी दर्ता गराएका छन् ।पहिलो र दोश्रो चरण गरि प्रतिनिधिसभामा ४ महिला सहित ६७ जना र प्रदेशसभामा ६ महिलासहित ९१ जनाको  उमेद्वारी परेको छ। 

प्रतिनिधिसभाका लागि काठमाडौंको १० मध्ये ३ क्षेत्रमा महिला उमेद्वार उठाएको पार्टीले उपत्यकाका पन्ध्रै क्षेत्रमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ भने प्रदेशसभाका लागि उपत्यकाका ३० मध्ये २७ स्थानमा आफ्नो उमेद्वारी प्रस्तुत गरेको छ। उमेद्वारी दर्ता सकिएलगत्तै चुनावी अभियानलाई देशव्यापीरूपमा तिब्रता दिईने पार्टीले बताएको छ। 

नवीन र पृथक सोचका साथ सुसंस्कृत राजनितिलाई स्थापित गर्ने उदेश्य बोकेको विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल बहादुर थापा क्रमसः काठमाडौं क्षेत्र नं १ र क्षेत्र नं ५ बाट चुनावी मैदानमा उत्रिएका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved