निर्वाचनमा खटिने कर्मचारीलाई पनि मताधिकार दिन सर्बोच्चको घुमाउरो आदेश !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 03:05:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्बोच्च अदालतले निर्वाचनमा खटिने कर्मचारीलाई पनि मताधिकार दिन   घुमाउरो आदेश दिएको छ ।  कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश डम्मरबहादुर शाहीको संयुक्त इजलासले सोमबार मुद्दाको सुनुवाई गर्दै संविधानको धारा ८४ को उपधारा ५ को विपरीत नहुनेगरी आयोगले निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मताधिकारमा सम्मिलित गराउन विचार पु¥याउने नै भएको हुँदा हाललाई अन्तिरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ ।

तर संविधानको धारा ८४ को उपधारा ५ मा ‘१८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई संघीय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ’ भनिएको छ । अर्थात् अदालतले उनीहरुको मतदान गर्न अधिकार विपरीत निर्णय नहोस भन्न खोजेको हो 

  निर्वाचनमा खटिने प्रहरी र निजामती कर्मचारीलाई मतदान गर्नबाट बञ्चित नगराउनु भन्ने आदेशको माग गर्दै महान्यायाधीवक्ता कार्यालयका भरत मैनालीले रिटर गरेका थिए   उक्त रिटमा सुनुवाई गर्दै   न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आयोगको नाममा कारण देखाउ आदेश जारि गरेको थियो  । साथै दुवै पक्षलाई छलफलमा बोलाएको थियो    

छलफलपछि न्यायाधीश द्वय दीपकराज जोशी र डम्बर बहादुर शाहीको संयुक्त इजलासले विषयको गम्भिर्यतालाई ध्यानमा राखी नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट उक्त मुद्दामा  वहसका लागि एमिकस क्युरी  पठाउन आग्रह गरेको थियो । 

उक्त छलफलपछि आयोगले  संविधानको धारा ८४ को उपधारा ५ को विपरीत नहुनेगरी आयोगले निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मताधिकारमा सम्मिलित गराउन विचार पु¥याउने नै भएको हुँदा हाललाई अन्तिरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

यसअघिको दुवै संविधानसभा चुनावमा कर्मचारीले समानुपातिकतर्फ भोट हालेका भए पनि यस पटक अहिलेसम्म कर्मचारीलाई त्यस्तो सुबिधा छैन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved