नेपालले नयाँ दिल्लीमा आयोजित टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा उपाधि जित्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 03:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले नयाँ दिल्लीमा आयोजित टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा उपाधि जितेको छ । नेपाली प्रतिस्पर्धिहरुले टोस्टमास्टर्सको मूल्यांकन तथा मनोरन्जनात्मक वक्तृत्व प्रतियोगितामा डिस्ट्रिक्ट तहको १ र ६ वटा डिभिजन तहको अवार्ड मध्य ५ वटा जित्न सफल भएका हुन् ।  टोस्टमास्टर्स सिमा गोल्छाले डिस्ट्रिक्ट तहको मनोरन्जनात्मक प्रतियोगितामा रजत पदक हात पार्न सफल भईन  ।

 नेपालबाट रेजोनेंस २०१७मा २४ जना टोस्टमास्टर्स सदस्यहरु सहभागी थिए, डिस्ट्रिक्ट ४१ कन्फ्रेन्स यहि नोभेम्बर ३ तारिख देखि ५ तारिख २०१७मा नयाँ दिल्लीमा आयोजना भएको थियो । नयाँ दिल्लीमा भएको दूबै क्षेत्रहरु मध्य नेपालले डिभिजन तहको मनोरन्जनात्मक र मूल्यांकन वक्तृत्व प्रतियोगिताको ६ मध्य ५ वटा अवार्ड जित्यो । ११ मध्य ५ प्रतियोगिहरुले दुई क्षेत्रमा नेपालको तर्फबाट मनोरन्जनात्मक र मूल्यांकन प्रतियोगितामा ट्रफि हात पार्यो ।

मनोरन्जनात्मक वक्तृत्वको प्रथम स्थानको बिजयी टोस्टमास्टर सिमा गोल्छा र मूल्यांकन प्रतियोगिताको प्रथम स्थानमा बिजयी टोस्टमास्टर दिप्ती आचार्य डिस्ट्रिक्ट तहको प्रतियोगिताका लागि छनौट भएका थिए, जसमा डिस्ट्रिक्ट अवार्डको लागि भारतभरबाट १२ डिभिजन प्रतिस्पर्धीहरु थिए । अन्तिम चरणमा, सिमा गोल्छा दोस्रो भईन  र रजत ट्रफि हात पार्न सफल भईन ।

‘नेपालमा टोस्टमास्टर्सको गतिबिधिको इतिहासमा पहिलो पटक प्रतिस्पर्धीहरुले कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर सम्झन योग्य प्रभाव छोडेका छन्,’ प्रतियोगिहरुको नतिजा आएपछि एरिया डाइरेक्टर सुमन शाक्यले भने ।

नेपालबाट अन्य एरिया डाइरेक्टर रन्जित आचार्यले भने , ‘डिभिजन वानमा ६ मध्य ५ अवार्ड जितेपछि, डिस्ट्रिक्ट तहमा हुनु निकै ठूलो उपलब्धि थियो र अझ त्यसमाथि पनि मनोरन्जनात्मक वक्तृत्व प्रतियोगितामा दोस्रो स्थानको उपाधि प्राप्त गर्नु नेपालको लागि गर्व गर्न लायक छ, हामी सबै निकै खुशी छौं कि नेपालले पनि टोस्टमास्टर्स इन्टरनेशनल एरेनाको बाटोमा पाईला चालेको छ ।’

टोस्टमास्टर्स इन्टरनेशनलको २६ वर्षे निरन्तरको यात्रापछि नेपालले डिस्ट्रिक्ट ४१ मा सहभागी भएको थियो, जसमा उत्तर पूर्वी र केन्द्रिय भारत, बंगलादेश र भुटानका एरिया तथा क्लबहरु सहभागी थिए । हाल, नेपाल ४०० सदस्यहरुका साथमा ९ वटा सक्रिय क्लब हो, जसले सार्वजनिक वक्तृत्व, संचार र नेतृत्व सिपहरुमा प्रत्येक साता आफ्नो नियमित क्लब मिटिङ्गहरुमा तालिम गर्दै आएको छ ।

‘हाम्रो लक्ष्य भनेको टोस्टमास्टर्सको गतिबिधिहरुलाई देशैभर फैलाएर सन्२०२० सम्ममा नेपालमा छुट्टै डिस्ट्रिक्ट स्थापना गर्नु हो,’ एरिया डाइरेक्टर रन्जित आचार्यले भने  ।

 मूल्यांकन प्रतिस्पर्धाको बिजयीहरुः

प्रथम स्थानः टोस्मास्टर दिप्ती क्षेत्री आचार्य, एभरेष्ट टोस्टमास्टर्स क्लब

दोस्रो स्थानः टोस्मास्टर प्रशान्त श्रेष्ठ हिमालय टोस्मास्टर्स क्लब

तेस्रो स्थानः टोस्मास्टर हिमांसु जोशी देहरादुन

मनोरन्जनात्मक वक्तृत्व प्रतियोगिताको बिजयीहरुः

प्रथम स्थानः टोस्मास्टर सिमा गोल्छा, एभरेष्ट टोस्मास्टर्स क्लब

दोस्रो स्थानः टोस्मास्टर मनोज बस्नेत, एभरेष्ट टोस्मास्टर्स क्लब

तेस्रो स्थानः टोस्मास्टर रविन्द्र प्रधान, सांग्रिला टोस्मास्टर्स क्लब



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved