२४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निवर्तमान सांसदलाई निर्देशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 08, 2017 | 04:49:59 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले एमालेका तर्फबाट डोटीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरसंग स्पष्टिकरण मागेको छ। आलेमगरले   निर्वाचन आचारसंहिता विपरित मतदातालाई रकम बाँडेको भन्ने सूचना प्राप्त भएकाले आयोगले स्पष्टिकरण मागेको जनाएको छ। 

'आलेमगरले निर्वाचन आचारसंहिता विपरित मतदातालाई रकम बाँडेको भन्ने सूचना प्राप्त हुनआएकाले तपाइँको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो भनी उम्मेदवार आलेमगरलाई  २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ' आयोगद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।

पैसा बाड्ने काम निर्वाचन आचार संहिता बिपरित भएको भन्दै आयोग ऐनअनुसार उम्मेदवारी रद्द किन गर्न नपर्ने भदै आयोगले पत्र प्राप्त भएको  २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निवर्तमान सांसद समेत रहेका आलेमगरलाई निर्देशन दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved