राष्ट्रपतिबाट चिकित्सा शिक्षा अध्यादेश जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2017 | 11:41:34 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश–२०७४ जारी गरेकी छन् । राष्ट्रपतिले  नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम चिकित्सा शिक्षा अध्यादेश जारी गरेको  राष्ट्रपतिको कार्यालयले जनाएको छ  ।

मन्त्रिपरिषदको ६ असोजको बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरी जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।  दलहरुबीच सहमति नहुँदा विधेयक संसदबाट पारित हुन नसकेपछि अध्यादेश मार्फत आएको हो  ।

डा गोबिन्द केसीले अध्यादेश किन रोकिएको भन्दै सूचन असमेत माग गरेका थिए भने प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको दाबी गर्दै आएका थिए  ।

अब उक्त अध्यादेशलाई नयाँ बन्ने संसदले ६ महीनाभित्र पारित गर्नुपर्ने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved