विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 10, 2017 | 05:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको सुन्धारा स्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी पार्टीले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रबिन्द्र मिश्र तथा उज्जवल थापा सहभागी थिए।

घोषणापत्रमा समेटिएका ५ महत्वपूर्ण विषय निम्नअनुसार रहेका छन्:

१. नेपाली समाजले पछिल्ला दशकहरुमा गुमाएको एउटा सुन्दर गहना इमान्दारी हो। हामी सहज रुपमा नेताहरुलाई भ्रष्ट भनेर गाली गर्छौं। तर हामीमध्ये कितले आफ्नो अनुहार ऐनामा हेरेका छौं? यो देशमा भ्रष्ट्राचार गाउँका सोझा कृषक र मजदूरले गरेका होइनन् र उनीहरुले आफ्नो इमान गुमाएका पनि छैनन्। अलिकति पढेलेखेका, बुझेका, देखेका र हरेक दिन देश बनाउने आदर्श छाँड्ने र हरेक दिन देशलाई घात गर्नेहहरुले इमान्दारी गुमाएका हुन्।

२. राजनीतिक, नीतिगत र प्रशासनिक तहको भ्रष्टाचार निर्मुल गर्न सामाजिक सचेतनासहित आवश्यक कानुनी व्यवस्था मिलाइनेछ।

३. नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सबै मित्रराष्ट्रहरुसँग सन्तुलित वैदिशक सम्बन्ध कायम गर्ने र विशेषगरी दुई ठूला छिमेकीसँग समनिकटताको सम्बन्ध राखी अन्तरार्ष्ट्रिय मञ्चमा नेपाल र नेपालीको स्वाभिमानलाई उच्च राख्ने। सरकारका पदाधिकारीहरु तथा राजनीतिक दलका नेताहरुको विदेशी नियोग, नेता र कुटनीतिक कर्मचारीसँगको सम्पर्कलाई कुटनीतिक कार्यविधिअनुसार हुनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।

४. शिषा र स्वास्थ्यजस्ता आधारभूत सेवामा बढ्दो व्यापारिकरणमा रोक लगाई राज्यको प्रमुख दायित्व सुनिश्चित गरिनेछ। निजी क्षेत्र लगायत गैरसरकारी क्षेत्रको भूमिकालाई सुलभ र गुणस्तरीय सेवाका लागि नियमन गरिनेछ।

५. कृषि, जडिबुढी, जलस्रोत, पर्यटन र श्रममुखी उद्योग जस्ता तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी आधुनिकिकरण र दिगो विकास हासिल गर्ने। सो कार्यमा युवा रोजगारीको पक्षलाई प्रत्यक्ष रुपमा जोड्ने। वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई अभिमुखिकरण तालिम साथै वैदेशिक रोजगार अनुभवको उपयोग हुने वातावरण तयार गर्ने।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved