चितवनमा बस र ट्यांकर ठोकिँदा १५ जना घाइते, तीन जनाको अवस्था गम्भीर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2017 | 02:11:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीमा आज अपराह्न यात्रु बस र इन्धन बोकेको ट्यांकर ठोकिँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वतर्फ जाँदै गरेको ना २ ख ४२२६ नं को बस र विपरीत दिशातर्फ आउँदै गरेको तेल बोकेको ना ७ ख २२०० नं को ट्यांकर १२.१० बजे ठोकिएका हुन् । 


घटनामा बस चालक राप्ती नगरपालिका–७ का २५ वर्षीय राजकुमार तामाङसहित १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ११ जनाको चितवन मेडिकल कलेज तथा तीन जनाको पुरानो मेडिकल कलेज र एक जनाको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक भने फरार छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved