राजधानीबाट ३ साहित्यकार गिरफ्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2017 | 08:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । 


प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुन्। 

थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved