कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडीमा बम प्रहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2017 | 02:23:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका बरिष्ठ  नेता रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै बम प्रहार भएको छ  । गोरखाबाट लमजुङ जाँदै गर्दा तनहुँको भानु नगरपालिका–१० मा पौडेलको गाडीमाथि कुकर बम प्रहार भएको हो । 

 विस्फोटमा परेर पौडेल चढेको गाडीमा क्षति पुगेको छ। पौडेललाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडीमा सवार एकजना प्रहरीलाई सामान्य चोट लागेको छ । नेता पौडेल भने सकुशल रहेको प्रहरीले बताएको छ  ।

नेता पौडेल गोरखाको पालुङटारमा नेपाली कांग्रेस र नयाँ शक्ति नेपालले गोरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टराईको पक्षमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरी फर्कँदै दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved